अबैधानिक कामदारलाई बैधानिक बन्न मलेसियाले दियो मौका
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
क्वालालमपुर -अबैधानिकरुपमा  बसेर काम गरि रहेका आप्रवासी कामदारलाई मलेसिया सरकारले बैधानिक बन्ने मौका दिएको छ । बैधानिक बन्ने मौका अर्थात्  सिक्स पी कार्यक्रम् खुल्ला भएपछि बैधानिक बन्न नसकीरहेका नेपाली लगाएत आप्रवासी कामदार लाभान्भित हुने छन् । यहि फेब्रुवरी १५ तारीख देखि अबैधानीक कामदार बैधानिक बन्नको लागी प्रक्रियामा आउन सक्ने यहाका गृह तथा उपप्रधानमन्त्री दातुक सेरी अहमद जाहिद हमीदीलाइ उध्रित गर्दै द सन् अनलाइनले खबर प्रकाशित गरेको छ ।


 सिक्स पी नामक प्रक्रियाबाट अबैधानीक कामदारलाई बैधानिक बनाईने गृहमन्त्री हमीदीले बताए ।  अबैधानिक आप्रवासी कामदारले  अब  दलालको सहयोग् बिना  अनलाइन मार्फत् पनि आबेदन दिन् सक्ने बताइएको छ ।  आफुलाइ रोजगार दिईरहेको रोजगारदाता वा आफु स्वयमले पनि  अनलाइन मार्फत प्रक्रियामा जान सके खर्च कम लाग्ने यहाका सन्चार माध्यमले जनाएका छन्  । करिब  २० लाख आप्रवासी अबैधानिकरुपमा  काम गरिरहेको  मलेसिया सरकारको अनुमान छ ।
सन् २०११ पछि अबैधानिक आप्रवासीलाइ  बैधानिक  कामदारको हैसियत दिन्  मलेसिया तयार भएको हो । यस्अघि   अबैधानिक कामदारलाई घरफिर्तीको  अबसर प्रदान गरेको मलेसियाले थप सुबिधा प्रदान गरी सिक्स पी कार्यक्रम खुल्ला गरेको हो ।  सिक्स पी योजना कहिले सम्म जारी रहने छ भन्ने बारे केहि खुलाइएको छैन् । यसका लागि कति शुल्क लाग्ने हो भन्नेबारे केहि पनि खुलाइएको छैन ।
शुल्क बुझाएको निस्चित केहि समय भित्र सम्बन्धित कामदारले उ बाट संकलीत डाटा बमोजिम एक डिजिटल कार्ड प्राप्त् गर्ने बाताइएको छ ।  उक्त कार्ड एक प्रकारको अस्थायी अनुमती पत्र हो । कार्डको अबधि  तोकिएको हुन्छ  । तोकिएको अबधिभित्र नया एमआरपी बनाएर भिजा लगाई सक्नु पर्ने हुन्छ । नया एमआरपी बनाउदा , भिजा ,  बार्षिक लेबी , ईन्सुरेन्स लगाएतको  रकम अलग अलग तिर्नु पर्ने हुदा    तोकिएको अबधिमा एकजना कामदारको ५ हजार आर् एम्  भन्दा बडि खर्च हुने देखिन्छ् ।  डिजिटल कार्ड प्राप्त गरेका कामदारले प्रहरीको हैरानी खेप्नु पर्ने छैन ।
##
,

0 comments

Write Down Your Responses

Powered by Blogger.