सरकार पाँच वर्ष टिक्नुपर्छ नेपालबाट गरिबीको पत्तासाप गर्छाैः उपप्रधानमन्त्री केसी -
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
स्थिर सरकार नहुँदा गरिबी बढेको दाबी
चितवन, २४ माघ । उपप्रधानमन्त्री चित्रबहादुर केसीले भूकम्प र नाकाबन्दीले गरिबको सङ्ख्या बढाएको बताउनुभएको छ ।
पत्रकारसँग आज यहाँ साक्षात्कार गर्दै सहकारी तथा गरिबी निवारणमन्त्री केसीले देशमा २५ प्रतिशत जनता गरिबीको रेखामुनि रहेकामा अहिले यो सङ्ख्या बढेर गएको बताउनुभयो । कति बढ्यो यकिन नभए पनि देशभर यसको प्रभाव रहेको भन्दै उहाँले पहाड भूकम्पले र तराई नाकाबन्दीले प्रभावित बनाएको बताउनुभयो ।
सरकारले २५ जिल्लामा गरिब परिवारको तथ्याङ्क सङ्कलन गरिरहेको जानकारी दिँदै उहाँले उनीहरुलाई यसै वर्षभित्र र आउँदो वर्ष बाँकी ५० जिल्लामा लगत सङ्कलन गरी परिचयपत्र वितरण गरिने बताउनुभयो । परिचयपत्र पाएकालाई शिक्षा, स्वास्थ्य, रोजगारीलगायतमा सरकारले सहुलियत र प्राथमिकता दिइने उल्लेख गर्दै उहाँले जसरी आरक्षणमा परेकाहरुले सुविधा पाएका छन् त्यसैगरी गरिबले पनि सुविधा पाउने छन् भन्नुभयो ।
स्थायी सरकारको अभावमा गरिबीको सङ्ख्या घट्न नसकेको बताउँदै उपप्रधानमन्त्री केसीले एउटै सरकार चार/पाँच वर्ष रहे गरिबीको सङ्ख्या विस्तारै घटेर जाने विश्वास व्यक्त गर्नुभयो । “संविधान बनेसँगै ऐन नियम गरिबको पक्षमा छन्, अब स्थायी सरकार भया ेभने नेपाली धेरै वर्ष गरिबीको रेखामुनि बस्नु पर्दैन”, उपप्रधानमन्त्रीले भन्नुभयो । एउटा उद्देश्य लिने र अर्कै काम गर्ने सहकारी नियन्त्रण गरिने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, “प्रधानमन्त्री भारत जानुअघि सर्वदलीय बैठक हुन्छ भन्नुभएको छ, पार्टीको सुझाव सल्लाहअनुसार देशलाई असर पर्ने कुनै सन्धि, सम्झौता प्रधानमन्त्रीले गर्नुहुन्न ।” रासस
##
,

0 comments

Write Down Your Responses

Powered by Blogger.