अधिवेशनमा कांग्रेस कार्यकर्ताबीच हात हालाहाल
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
चन्द्रपुरः दुई पक्षबीच हात हालाहाल भएपछि माघ २५ गते हुने भनिएको नेपाली कांग्रेस रौतहटको अधिवेशन केहि दिनका लागि सर्ने भएको छ ।

क्षेत्रको अधिवेशनका क्रममा विवादले उग्ररुप लिँदा दुई पक्षवीच आइतवार साँझ हात हालाहाल भएको हो ।

क्षेत्रमा देखिएको विवाद मिलाउन कार्यदल बनाइएपनि केन्द्रीय सदस्य अफ्ताव आलमले एकलौटी गर्न खोजेको भन्दै कार्यकर्ताहरु आक्रोशित बनेको जिल्ला सभापति कृष्ण यादवको भनाइ छ ।


चन्द्रनिगाहपुरको एक होटलमा कार्यदलको बैठक बसिरहेको समयमा सो होटलमा रहेको निर्वाचन कार्यालयमा आलम पक्षका नेताहरु गएपछि झडप भएको थियो ।

माघ १५ गते नै गाउँको अधिवेशन हुनुपर्ने भएपनि क्षेत्र नम्बर १ को सरुअठा गाविसमा आइतवार गाउँ अधिवेशन सम्पन्न भएको छ ।

नेपाली कांग्रेस रौतहटका सभापति कृष्ण यादवले गाउँ नगरको अधिवशेन सकिएपनि केही क्षेत्रको बाँकी रहेको जानकारी दिएका छन् ।

क्षेत्र नम्बर १ र ३ को अधिवेशन विवादका कारण कहिले गर्ने भन्नेमा मिति तय भएको छैन ।

जिल्लामा संस्थापन पक्षका आलम र देउवापक्षका यादवबीच विवाद रहँदै आएको छ । संस्थापन पक्षमा केन्द्रीय सदस्य मोहम्मद अफताव आलमका भाइ मोहम्मद महताव आलम जिल्ला सभापतिको उम्मेदवारी दिने तयारीमा छन् भने देउवापक्षका वर्तमान जिल्ला सभापति कृष्ण यादवले उम्मेदवारी दिने भएका छन् ।

यसअघि सदरमुकाम गौरमा जिल्ला अधिवेशन गर्ने भनिएपनि आन्दोलनरत मोर्चाले अवरोध पुर्या‍उने सक्ने भन्दै चन्द्रनिगाहपुरमा अधिवेशनको तयारी गरिएको छ ।
##
,

0 comments

Write Down Your Responses

Powered by Blogger.