भूकम्प गएपछि भारतीय कालीगढहरु एक हजार किलो सुन बोकेर फरार भए
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौँ, २९ पुस– राजाधानीका सुन व्यवसायीहरुले भूकम्पका बेला करिब एक हजार किलो सुन चोरी भएको बताएका छन् । विशेष गरी भारतबाट आएका कालीगढहरुले सुन चोरेको व्यवसायीको आरोप छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले गत बैशाखमा विवाहको लगनका बेला भूकम्प जाँदा धेरै सुन हराएको बताए ।

‘वैशाख महिना लगनको सिजन थियो, कालीगढले गहना बनाउन धेरै सुन लगेका थिए, उनीहरुले एकैपटक ३–४ वटा पसलको अर्डर लिएका थिए,’ शाक्यले भने, ‘भूकम्प गएपछि सम्पर्क नै नगरी ज्यान जोगाउन सुन बोकेर घरतिर लागे ।’

अहिले सुनचाँदीका गहना बनाउने कालीगढको संख्या डेढ लाखको हाराहारीमा रहेको शाक्य बताउँछन् । जसमध्ये करिव ७० प्रतिशत कालीगढ भारत तथा अन्य मुलुकबाट आउने गरेका छन् । भारतमा उनीहरुको नम्बर र ठेगाना नहुँदा आफुहरुले सम्पर्क गर्न नसकेको शाक्यले बताए ।

‘भूकम्पपछि कतिपय कालीगढहरु काममा फर्किन चाहे पनि पटक-पटकको पराकम्पनले तत्काल र्फकन डराए’ शाक्यले भने-‘कतिपय कालीगढलाई उनीहरुको परिवारले भूकम्पको डरले आउन दिएनन् ।’
Source: onlinekhabar
##

0 comments

Write Down Your Responses

Powered by Blogger.