विमलको गोलले श्रीलंकालाई हराउँदै नेपाल विजयी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडाैं- बंगलादेशमा जारी बङ्गबन्धु गोल्डकपमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको छ। नेपालका लागि विमल घर्ती मगरले एक गोल गरेका थिए। घर्तिमगरले दोस्रो मिनेटमै गोल गरेर नेपालको अग्रता निकालेका थिए। खेल अवधिभर श्रीलंकाले गोल फर्काउन सकेन। विमलको त्यही गोल नै नेपाली टिमका लागि जित निकाल्न प्रयाप्त भयो।

विमल मगर खेल सकिन १२ मिनट बाँकी रहँदा घाइते भए। तरपनि उनी खेलमा भिडिरहे। १० मिनट बाँकी रहँदा विमलले गोल गर्ने उत्कृष्ट माैका गुमाए। उनी गोल पोष्ट नजिकै पुगेको बल सम्हाल्न खोज्दा लडेर गोलको माैका गुमाएका थिए।हेराैं नेपाल जिताउने विमलको गोल (भिडियो)
##

0 comments

Write Down Your Responses

Powered by Blogger.