जलविद्युतको सेयर बाँडफाँड, पहिलो पटक नपरेको सेयर रकम खातामै
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
जलविद्युत लगानी तथा विकास कम्पनीको सेयरमा साना लगानीकर्ताले ११ दशमलव ४ प्रतिशत र ठूला लगानीकर्ताले २ दशमलव ९ प्रतिशत सेयर पाउने भएका छन्। कम्पनीले आज औपचारिक कार्यक्रम गरी सर्वसाधारण सेयर आवेदकहरुलाई सेयर बाँडफाँड गरेको हो।

कम्पनीले आवेदन स्वीकृत भएका सबैलाई कम्तिमा १० कित्ता  सेयर दिने भएको छ। ३ लाख ४ हजार ६ सय ३४ जनाले सेयर आवेदन दिएका थिए। जसबाट ८० कित्तासम्मको आवेदन दिनेहरुलाई १० कित्ता सेयर दिइने भएको छ। ९० देखि ५ सय कित्तासम्म सेयर माग गर्नेहरुले ११ दशमलव ४ प्रतिशतका दरले सेयर पाउने भएका छन्।

सर्वसाधारणतर्फको सेयर बाँडफाँडमा कुल १ लाख ९५ हजार २ सय ३ जना साना लगानीकर्ता लाभान्वित भएका छन्। ति लगानीकर्ताले ७४ लाख ५० हजार ६ सय ३ कित्ता कित्ता सेयर पाउने छन्। ५ सयभन्दा कम कित्ताका लागि आवेदन हाल्ने लगानीकर्तालाई साना लगानीकर्ताका रुपमा लिइन्छ।

त्यस्तै ठूला लगानीकर्तातर्फ लगानीकर्ताहरुले २ दशमलव ९ प्रतिशतका दरले सेयर पाउने छन्। ५० लाख कित्ता सेयर माग गर्ने कम्पनीहरुले १ लाख ४४ हजार ८ सय १९ कित्ता सेयर पाउने छन्।

१ लाख ९ हजार ४ सय ३१ जना ठूला लगानीकर्ताले सेयर पाउने छन्। ति लगानीकर्ताका लागि कुल १ करोड ११ लाख ७५ हजार ९ सय ५ कित्ता सेयर जाने भएको छ। कम्पनीले विक्री निस्कासन बन्द भएको ६९ औं दिनमा सेयर बाँडफाँड गर्न सफल भएको छ।

यसैबीच नपरेको सेयर रकम फिर्ताका लागि कम्पनीले पहिलो पटक केही हिस्सा रकम आवेदकको बैंक खातामै जम्मा गर्ने प्रक्रिया सुरु भएको छ। कम्पनीले करिब ६० हजार आवेदकको विभिन्न ६ वटा बैंकहरुमा रहेको खातामा रकम जम्मा गरेर पहिलो पटक यस्तो व्यवस्था थालनी गर्ने भएको हो।

जनता बैंक, एनएमबी बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक र बैंक अफ काठमाण्डूमा खाता रहेका र आवेदकले यो सुविधा पाउने भएका हुन्। कम्पनीले सो कार्यक्रममा दिएको जानकारीअनुसार यी बैंकहरुमा खाता भएका आवेदकको रकम खातामै जम्मा गर्ने सुविधा दिइने भएको हो। यदि खाता नं. र नाम सही भएमा मात्रै ति बैंकमा खाता हुने ६० हजार आवेदकले खातामा रकम पाउने बताइएको छ।

बाँडफाँडको ५ दिनभित्रमा रकम फिर्ता प्रक्रिया सुरु गर्ने प्रावधान रहे पनि आवेदकको संख्या अत्याधिक भएकाले केही दिन लम्बिन सक्ने बताइएको छ।
हालसम्म सबै आवेदकले नपरेको सेयर रकम फिर्ताका लागि एसी पे चेकमार्फत भुक्तानी लिने गरेका थिए।
##

0 comments

Write Down Your Responses

Powered by Blogger.